Yes bro that is the true news of my life , which I have never thought, that also happen to me, this news I got from http://www.nayapatrika.com/ in the अर्थ, and the title is वैदेशिक रोजगार : घट्दै छ रेमिट्यान्स and my few words are here in the last end. That much bro , so that be care full to all nepalese
अर्थ
वैदेशिक रोजगार : घट्दै छ रेमिट्यान्स
2009-05-18,Monday
काभ्रे कुशादेवीका महेश सापकोटा वैदेशिक रोजगारीका लागि मलेसिया गएको केही महिनामै स्वदेश फर्किए । एक लाख ३५ हजार रुपैयाँ तिरेर मलेसिया गएका उनी ६ महिनाको बसाइपछि स्वदेश फर्किएका हुन् । अब यिनका सपना अर्कोतिर मोडिएको छ । महेश भन्छन्, 'अब खेती गरेर बस्छु ।' विदेशमा काम गरेर राम्रो आम्दानी गर्ने सपना चकनाचुर भएपछि विदेश जाँदा लिएको ऋण चुक्ता गर्नुपर्ने पीरले उनलाई सताउन थालेको छ ।
केही समयअघि नेपालका युवाले एउटा सपना देखेका थिए- दक्षिण कोरिया पुग्ने । तर, त्यो गन्तव्य पनि आकाशको फल भएको छ । सम्झौता भएको निकै लामो समय गुजि्रसक्दा पनि नेपाली कोरिया पुग्न सकेका छैनन् । हामीकहाँ दलालहरूको कयौं प्रलोभनमा परी रोजगारीका लागि भारतीय बाटो भएर जोखिमपूर्ण क्षेत्र र देशमा गएर काम गर्न जानेहरूको संख्या धेरै छ ।
यस्तै, दलालहरूकै प्रलोभनमा जापान जाने सपना पालेर भारतीय भूमिमा पुगेका सुमन बस्नेत अलपत्र परे । उनको पाँच लाख रुपैयाँ पनि जापान पुग्ने सपनाले गुम्यो । २०/२५ दिन भारत बस्दा पनि जापान उड्न नपाएका उनको जापान सपना चकनाचुर भयो र नेपाल फर्किए । अब उनले जसरी भए पनि विदेशमै पुगेर भाग्य खोज्ने अठोट गरे । अनेक प्रक्रियापछि विदेशमा काम गर्न जान पनि तयार भए । हाल इराकमा कम्प्युटर सफ्टवेयरसम्बन्धी काम गरिरहेका सुमनले फोनमा नयाँ पत्रिकासँग भने, 'हामीले सुरक्षित रोजगारको अवसर पाउन सकेका छैनौँ, यहाँ इराक आइपुगेका धेरै अदक्ष कामदार छन् र उनीहरू साह्रै जोखिमपूर्ण काम गर्न बाध्य छन् । कसले लिने उनीहरूको जीउ-ज्यानको सुरक्षा ?' उनका अनुसार, धेरै नेपाली कामदार साह्रै जोखमपूर्ण काम गर्न बाध्य भएर जीवनदेखि बिरक्तिएका छन् ।
वैदेशिक रोजगार र विदेशी भूमि धेरै नेपाली युवाको साझा सपना बने पनि निजीस्तरको प्रयास र सरकारी मौनताले सामाजिक उत्तरदायित्वमा कमी देखिएको छ । विदेश पुगेका कामदारको भौतिक सुविधाको ग्यारेन्टी कसैले पनि लिएको देखिँदैन । विश्वव्यापी आर्थिक मन्दी र अन्य अव्यवस्थाले हामी निकै आत्तिएका छौँ । विदेश पुगेका यहाँका सन्ततिहरूको हित सुनिश्चित गर्न सम्बन्धित निकायको भूमिका आवश्यक छैन र ?

1 comment:
Gooda to hear about oyu bro, any away keep it up dude?
Post a Comment